back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ कात्तिक १९ शनिवार

957 

shares

राजेश क्षेत्री निर्दोष, रातापानी दार्चुला


घाँटीमा माला निधारमा अबिर अचम्म लाग्छ ।
र भ्रष्टाचार गरेर चिरपरिचित अचम्म लाग्छ ।
गाउँका भद्र भलादमीहरू पनि नेता बनिसके,
गरिबकै स्तरमा छु म, गरिब अचम्म लाग्छ ।


ठट्टाई रहन खुसीले मलाई जीवनमा ल्यायो ।
मन न हो अतीतका याद धड्कनमा ल्यायो ।
बजारका यो एक–एक खेलौनाहरूले मलाई,
फेरि यो मन सदा समर्पित बचपनमा ल्यायो ।


कसै–कसैको माया पाउन त संसार जित्नुपर्छ ।
पराईको सिउँदो सजाउन त संसार जित्नुपर्छ ।
न सपनाहरू न मन जितेर हुन्छ मान्छेको,
खुसीको संसार देखाउन त संसार जित्नुपर्छ ।


कमाउन त थुप्रै कमाए धन, प्रगति भएन ।
झुपडीमै जाने भयो जीवन प्रगति भएन ।
न सहरमा बस्न सके न महल बनाउन सके,
चोट मात्र दिई रहन्छ धड्कन प्रगति भएन ।


कति गर्छौ घमण्ड लगातार मन पर्दैन ।
देखाएर दम्भ अहम् बारम्बार मन पर्दैन ।
पैंसामा बिक्दो रहेछ अड्डा अदालत पनि,
दोषीलाई न्याय निर्दोष कारागार मन पर्दैन ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३८ मा प्रकाशित

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...