back
CTIZAN AD

कथा : शंका

वि.सं.२०७९ कात्तिक १९ शनिवार

894 

shares

अनुराग अरुण, ललितपुर 

आफ्नो एक करोडको जीवन विमा गरेदेखि घरमा उसलाई स्वास्नीको व्यवहार पहिले भन्दा फरक देखेर अमनलाई शंका लाग्न थाल्छ, ‘धनको लागि कतै यिनले खानेकुरामा बिष मिलाएर मलाई मार्ने त हैन ?’ श्रीमतीले चिया, दूध, फलफुल जे खानेकुरा खुवाउन ल्याएपनि उसले पहिले श्रीमतीलाई चाख्न वा खान भन्छ, अनि मात्र आफैल
े खान्छन् ।

एकदिन, ढोकाको घन्टी बजेको आवाज सुनेर करुणा ढोका खोल्छिन् । हुलाकीले पुस्तिकामा दस्तखत गराएर उनलाई यौटा खाम दिन्छ । भित्र आएर खाम खोलेर चिट्ठी पढ्न थाल्छिन्, छुटपत्र देखेर उनि इन्तु चिन्तु हुन्छीन् । जिउ भरि खल्खली पसिना आउन थाल्छ ।
अदालतमा मुद्दाको बहस पैरवी हुन्छ । न्यायाधिशले श्रीमानलाई सोध्छ, ‘तपाईले आफैले मायागरेर ल्याएको श्रीमतीलाई किन छुटपत्र दिन चाहानुहुन्छ ?’
‘श्रीमान्, मैले एक करोडको जीवन विमा गरेदेखि घरमा यिनको व्यवहारमा शंका लागेर आयो । मलाई मारेर यिनले मेरो पुरै सम्पति हडप्ने यिनको मनसाय बुझेर छुटपत्र दिन लागेको हुँ ।’

न्यायाधिशले सोध्छ, ‘तपाईलाई आफ्नो श्रीमती व्यवहारमा के कस्तो शंका लाग्यो ? खुलस्त भन्नुस् ।’

‘श्रीमान् उनले चिया दुध ल्याउदा मैले नदेख्ने गरि केहि बस्तु मिसाएर मलाई मार्ने नियतले खुवाउन ल्याउछिन् । म यिनीसंग बस्न सक्दिनँ । तसर्थ मलाई छुटपत्र दिनुहोस् ।’

आफुले प्राण भन्दा बढि माया गरेको श्रीमानको मुखबाट यस्तो बयान सुनेपछि करुणा गहभरि आँसु लिएर इजलासमै भक्कानिएर रुन थाल्छिन् ।

त्यसपछि करुणालाई बयानको लागि बोलाइन्छ, न्यायाधिसले सोध्छ, ‘तपाईले जीवन विमाको रकम हात पार्न उदेश्यले वहाँलाई मार्न खोजेको हो भन्ने तपाई माथी आरोप लगाइएको छ । के यो साँचो हो ?’

उठेर अँगालो मारेर करुणाले भन्छिन्, ‘अमन, देउताबाट त गल्ति हुन्छ भने मान्छेबाट पनि गल्ति हुनु स्वाभाभिक हो । अब आइन्दा यस्तो गल्ति कहिले पनि नगर्नुहोला है । नत्र भने म तपाई बिना बाँच्न सक्दिन ।’

गहभरि आँसु लिएर रुँदै भन्छिन्, ‘श्रीमान्, आफ्नो प्राण भन्दा पनि बढि मायागर्ने श्रीमानलाई कोहि श्रीमतीले मार्न सक्छिन ? वहाँले म माथी आरोप लगाएको झुठो हो । मैले खानेकुरामा कुनै विषादी मिसाएकी छैन । बरु वहाँको स्वास्थमा प्रतिकुल असर नपरोस् भनेर पौष्टिक सामाग्री मीसाएकी हुँ । जीवन विमाको रकम खाने नियतले मार्न खोजेको वहाँले म माथि जुन आरोप लगाउनु भएको छ । श्रीमान्, यस सम्मानित अदालतकामा सबैका सामु म बयान दिन्छु मेरो श्रीमानको मृत्यु पछि वहाँको विमाको सम्पूर्ण रकम मलाई नदिएर कुनै बृद्ध आश्रमलाई दान दिइयोस् । वहाँलाई बनको बाघले होइन, मनको बाघ अर्थात शंकाले घेरेको रहेछ । मलाई मेरो श्रीमान कुनै सम्पति चाहिदैन । बरु वहाँले मलाई सधैं माया गरि दिनु भए पुग्छ ।’

करुणाले रुँदै यसो भन्दै गर्दा इजलासमा पुरै सुन्यता छाउछ । उनको कुरा सुनेर अमन भाव विभोर हुन्छ, आफु बसेको कुर्सिबाट उठेर करुणा नजिक गएर हात जोडेर रुँदै भन्छ, ‘करुणा, मलाई क्षमा गरिदेउ । मैले अनाहकमा शंका गरेर तिमी माथी गलत आरोप लगाए ।’

उठेर अँगालो मारेर करुणाले भन्छ, ‘अमन, देउताबाट त गल्ति हुन्छ भने मान्छेबाट पनि गल्ति हुनु स्वाभाभिक हो । अब आइन्दा यस्तो गल्ति कहिले पनि नगर्नुहोला है । नत्र भने म तिमी बिना बाँच्न सक्दिन ।’

अदालतबाट बाँचुन्जेल कहिले नछुट्टिने कागज गरेर दुबैजना हाँस्दै निस्किन्छन ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...