back
CTIZAN AD

रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिए

वि.सं.२०७९ कात्तिक २१ सोमवार

942 

shares

बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

देवदह नगरपालिका ५ पाल्पाली टोलमा सोमबार बिहान ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुका अनुसार घरभित्र चुकलु लगाएको अवस्थामा ती दम्पती मृत फेला परेका हुन् ।

श्रीमान पंखामा झुण्डिएको र श्रीमती तन्नामा बेरिएको अवस्थामा भुँइमा मृत फेला परेको सारुले जानकारी दिएका छन् ।
‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ, तर घटनाका बारेमा अनुसन्धान पछि मात्र यहि हो भन्ने थाहा हुन्छ ।’ सारुले भने ।

मृतक बोलेन्द्र चारदिन अघि मात्रै बैदेशिक रोजगारीबाट घर फर्किएको बताइएको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार ११:१२ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...