back
CTIZAN AD

विश्वकप पूर्वावलोकन : आइतबारको खेलमा जीत निकाल्न जर्मनीलाई कडा मेहनत गर्नुपर्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार

708 

shares

दोहा । स्पेनले आइतबार जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गरिरहेको छ, जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि पुन ःआगमन गर्न आवश्यक छ । अन्यथा उनीहरू घर फर्कनेछन् ।

जर्मनीको जापानी टोलीसँगको हारले उनीहरूलाई लगातार दोस्रो विश्व कपको लागि पहिलो उडान समात्ने सम्भावनाको ढोका खोलेको छ । इल्के गुन्डोगान र म्यानुअल नुएर जस्ता खेलाडीहरू खेलपछि ड्रेसिंग रूममा हारको बारेमा आफ्नो राय दिन हिचकिचाएनन् । स्ट्राइकर काई हाभर्ट्जले एक पत्रकार सम्मेलनमा हारपछि आफुलाई आक्रोशित बनाएको बताएका छन् ।

स्पेनले कोस्टारिकालाई ७–० गोलअन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो सुरुवात गरेको हो । रोड्रिगो हर्नान्डेजले सेन्ट्रल डिफेन्समा निरन्तरता दिने क्रममा स्पेनका प्रशिक्षक लुइस एनरिकेले त्यही टोलीलाई कायम राख्ने छन्, तर कहिलेकाहीं उनको टोली चयनको भविष्यवाणी गर्न गाह्रो हुन्छ ।

अल्भारो मोराटाले मार्को एसेन्सियोको लागि आक्रमण सुरु गर्नु वा पाउ टोरेस पनि केन्द्रीय डिफेन्समा आउनु कुनै आश्चर्यको कुरा होइन । स्पेनका लागि कोस्टारिकाविरुद्ध गोलको खाता खोलेका डानी ओल्मोआफ्नो टोलीले जर्मनीलाई हराउन सक्नेमा आशावादी छन् ।

“हामी कोस्टारिकाविरुद्ध जस्तै खेलको सशक्त सामना गर्नेछौं,” ओल्मोले भने, “जमाल मुसियाला सबैभन्दा ठूलो खतरा हो । उनी उत्कृष्ट फर्ममा छन् र उनको आत्मविश्वास उच्च छ र उनले खेल स्पेन–जर्मनीबीचको खेलमा नाटकीय जीत निकाल्नेमा थप जिम्मेवारी लिइरहेका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ मंसिर ११ आइतवार ०९:०२ मा प्रकाशित

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...