कामठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।
शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन् । विश्वकपमा उनको प्रशिक्षणमा ब्राजिलले अन्तिम ८ सम्मको यात्रा तय गरेको थियो ।
टोलीबाट राजीनामा दिँदै टिटेले भनेका छन्- ‘यो एउटा चक्र हो यो चक्र समाप्त भयो, मैले डेढ वर्ष पहिला नै भनेको थिए र म मेरो वचनमा पक्का छु । मलाई प्रतिस्थापन गर्न सक्ने अन्य व्यवसायिक प्रशिक्षक छन् । मेरो चक्र सकियो ।’
६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो ।
वि.सं.२०७९ मंसिर २४ शनिवार ०९:०२ मा प्रकाशित






























