काठमाडौं । नेकपा एमालेले नेता घनश्या भुसाल र प्रभु साहलाई निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै नेताद्धयलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार सोहि बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको छ ।
त्यस्तै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १८:२८ मा प्रकाशित






























