काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फको ७ जना सांसदको नामावली टुंगो लगाएको हो ।
जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत, आदिबासी जनजातिबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशी समुदायबाट बिना जयसवाल र दलितबाट अनिता नेपालीको नाम टुंगो लगाएको बताइएको छ ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १९:३५ मा प्रकाशित






























