back
CTIZAN AD

एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति

वि.सं.२०७९ मंसिर २५ आइतवार

696 

shares

काठमाडौं। एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

ढकाललाई सा‌ंसदमा सिफारिस गरेपछि एमालेभित्रै विराेध भइरहेकाे छ ।

यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन् :

अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।

वि.सं.२०७९ मंसिर २५ आइतवार १८:०५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...