back
CTIZAN AD

लुम्बिनी विकास बैंकद्धारा थप २ नयाँ शाखा र एक्स्टेन्सन काउण्टर विस्तार

वि.सं.२०७९ मंसिर २७ मंगलवार

672 

shares

काठमाडौं । लुम्बिनी विकास बैंकले सोमबार देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन काउण्टरको विस्तार गरेको छ ।

बैंकले ८७ औँ शाखाको रुपमा ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल शाखा, ८८ औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिकास्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ ।

यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरे । साथै, लेले एक्सटेन्सन काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको सोमबार थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन् काउण्टरको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार ०९:०० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...