back
CTIZAN AD

अनिवार्य अवकाश पाएपछि चोलेन्द्रले छाडे सरकारी निवास

वि.सं.२०७९ मंसिर २७ मंगलवार

927 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी निवास छाडेका छन् । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले मंगलबार अनिवार्य अवकाश पाएपछि बालुवाटारस्थित सरकारी निवास छोडेका हुन् ।

उनी संसद् सचिवालयले महाअभियोग निष्प्रभावित भएको पत्र पठाएपछि अदालतमा हाजिर हुन खोजेका थिए । तर त्यसको चौतर्फी विरोधपछि रोकिएका थिए । निलम्बनमा परे पनि बालुवाटारस्थित सरकारी निवास भने उनले छाडेका थिएनन् ।

यसअघि संसद्‌को कार्यकाल सकिएको भन्दै सर्वोच्च जान खोजेपछि सरकारले उनलाई दिँदै आएको सबै सुरक्षाकर्मी हटाइदिएको थियो । नेपाल प्रहरीका एक अधिकृत मात्रै लिएर बसेका जबराले आज (मंगलबार) उनलाई पनि लैजान अस्वीकार गरे । साँझ करिब पौने ५ बजे सरकारी निवासबाट बाहिरएका जबरा आफनो पुरानो घर सुकेधारा नगई ठमेलतिर लागेका हुन् ।

उनलाई निजी सुरक्षाकर्मीले पछ्याए पनि पर्दैन भन्दै रोकेको प्रहरी स्रोतले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १७:५० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...