back
CTIZAN AD

चितवनमा विषाक्त खानाका कारण एकैपटक ६५ बिरामी : मन्त्रालय

वि.सं.२०७९ मंसिर २७ मंगलवार

897 

shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ ।

मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकै पटक ६५ मानिस बिरामी परेको बताएको हो । मन्त्रालयले घटनाबारे थप अनुसन्धान गर्न जाँचका लागि नमूना प्रयोगशालामा पठाएको छ ।

यही मङ्सिर २३ गते ६५ जनामा २४ घण्टा नबित्दै पखाला लाग्ने, वाकवाकी हुने, वान्ता आउने साथै ज्वरो आउने जस्ता लक्षण देखिएका थिए । बिरामी भएपछि उनीहरूले औषधि पसल गएर औषधि किनेर खाएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि मङ्सिर २६ गते भरतपुरस्थित नेशनल सिटी अस्पतालको आकस्मिक कक्ष तथा बहिरङ्ग विभागमा उपचारका लागि ३५ भर्ना भएको मन्त्रालयले जनाएको छ । अहिले उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सोही कार्यक्रममा भोज खाएका थप १५ जना आजै उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १९:४७ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...