back
CTIZAN AD

आर्थिक संकटको असर : झण्डै दुई प्रतिशतले बढ्यो मूल्यबृद्धि

वि.सं.२०७९ मंसिर २९ बिहीवार

906 

shares

काडमाडौं । विगत एक वर्षमा उपभोक्ता मूल्य बृद्धि झण्डै दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यस्तो देखिएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को कात्तिक महिनामा छ दशमलव शून्य चार प्रतिशत रहेको मूल्यबृद्धि चालु आर्थिक वर्षको सोही अवधिमा आठ दशमलव शून्य आठ प्रतिशत पुगेको छ । यसमध्ये सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्यको मूल्यबृद्धि बढी भएको छ ।

अहिलेको मूल्यबृद्धि भारतको भन्दा नेपालमा बढी देखिएको छ । २०२२ को नोभेम्बरमा छिमेकी देश भारतको मूल्यबृद्धि दर पाँच दशमलव ८८ प्रतिशत रहेकोमा नेपालको मूल्यबृद्धिदर करिब तीन प्रतिशतले बढी अर्थात् आठ दशमलब शुन्य आठ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आयात निर्यात दुबै घट्यो, आयातको तुलनामा निर्यातमा उल्लेख्य कमी

चालु आर्थिक वर्षको चार महिनामा आयत तथा निर्यात दुबैमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा निर्यातमा ३३ दशमलब तीन प्रतिशतले कमी आएको छ भने आयतमा १८ दशमलव एक प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्षको सोही अबधिमा निर्यात तर्फ एक सय चार दशमलब तीन प्रतिशत तथा आयत तर्फ ६१ दशमलब छ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाहमा सुधार

चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स आप्रवाहमा २० दशमलब चार प्रतिशतले बृद्धि भई तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा सात प्रतिशतले कमी आएको थियो ।

सोधनान्तर स्थिति बचतमा सुधार

राट्र बैंकका अनुसार चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोहि अबधिमा चालु खाता २२० अर्ब ९१ करोडले घाटामा थियो ।

विदेशी विनिमय सन्चितिमा सुधार

चालु आर्थिक वर्षको कात्तिकमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ । गत असारमा विदेशी बिनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार १७:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...