back
CTIZAN AD

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

वि.सं.२०७९ पुस १ शुक्रवार

717 

shares

ब्रसेल्स । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ।

युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ ।

उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तरराष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

युक्रेनलाई मद्दत गर्नको लागि १८–बिलियन–यूरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।

“युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउँन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,“ नेताहरूले सम्मेलनपछि बताएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस १ शुक्रवार १७:२३ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...