back

धनुषाका आधादर्जन गाविसमा अझै बिजुली सेवाको पहुँच बाहिर

वि.सं.२०७३ चैत २१ सोमवार

681 

shares
IME Limited
NTC AD

२१ चैत, महेन्द्रनगर (धनुषा)  । लोडसेडिङमुक्त बनाउने अभियान चलेको बेला धनुषाका आधा दर्जन गाविसमा अभैmपनि बिजुली सेवा पहुँच भन्दा बाहिर रहेको छ ।

सदरमुकाम जनकपुरलाई केही दिनयता मात्रै लोडसेडिङमुक्त घोषणा गरी सकिएको छ । तर धनुषा जिल्लाको इनर्वा पतनुका, लकड, दुबरकोट हत्तलेटवा, मलहनियालगायतका गाविसमा अहिलेसम्म पनि विद्युत्को पोल समेत गाडिएको छैन ।

गाउँमा बिजुली बत्तीको व्यवस्था नहुँदा स्थानीयवासी आधुनिक सेवा सुविधाबाट वञ्चित हुुनुपरेको छ । गाउँ बिजुली सेवा भन्दा टाढा रहेको हुँदा स्थानीयवासीलाई मोबाइल चार्ज गर्नसमेत अन्यत्र धाउनुपर्ने बाध्यता रहेको छ । बिजुलीको अभावमा मोबाइल चार्ज गर्न पनि छिकेकी गाउँ वा भारतको बिहारको बजार पुग्नुपर्ने बाध्यता रहेको इनर्वा मलहनियाका समसुदिन राईको दुःखेसो छ ।

बिजुलीको लागि स्थानीयवासीले सम्बन्धित निकायलाई पटक÷पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै चासो नदिएको राईले बताउनुभयो ।
लकडका रामबहादुर पासवानले भन्नभयो– “छिमेकी गाउँमा बिजुली आएको वर्षौ भइसकेको तर हाम्रो समस्याप्रति न जिल्ला विकास समिति कार्यालय ९हाल जिल्ला समन्वय समिति० गम्भिर छ न त, विद्युत् प्राधिकरण वितरण केन्द्र नै । कहाँ गएर समस्या सुनाउने ।”
गाउँलेले हाम्रो गाउँमा त निर्वाचनको बेला मात्र नेताको अनुहार देखिने गरेको बताए । नेपाल विद्यृत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले विद्युतिकरणका लागि यसवर्ष बजेट माग गरिएको बताउनुभयो ।

जिविसले ती गाविसको केही वडामा विद्युतीय पोल गाडिसकेको भन्दै झाले भन्नुभयो, “विद्युतीकरणका लागि हामीले पनि पहल गरिरहेका छौ ।”
नेपाल वितरण केन्द्रले ग्राहकबाट रु ३० करोड विद्यृत् महसुल असुल्न बाँकी रहेको छ । त्यसमध्ये रु १० करोड जनकपुर उपमहानगरपालिकामाथि मात्रै छ ।

सरकारी कार्यालय सडक, सिंचाइ, जानकी मन्दिरलगायतले समेत महसुल तिरेका छैनन् भने उद्योग कलकारखाना तथा धार्मिक मठमन्दिर समेत महसुल नर्तिनेमा परेका छन् ।

वि.सं.२०७३ चैत २१ सोमवार ११:१३ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...