back
CTIZAN AD

धनुषाका आधादर्जन गाविसमा अझै बिजुली सेवाको पहुँच बाहिर

वि.सं.२०७३ चैत २१ सोमवार

1K 

shares

२१ चैत, महेन्द्रनगर (धनुषा)  । लोडसेडिङमुक्त बनाउने अभियान चलेको बेला धनुषाका आधा दर्जन गाविसमा अभैmपनि बिजुली सेवा पहुँच भन्दा बाहिर रहेको छ ।

सदरमुकाम जनकपुरलाई केही दिनयता मात्रै लोडसेडिङमुक्त घोषणा गरी सकिएको छ । तर धनुषा जिल्लाको इनर्वा पतनुका, लकड, दुबरकोट हत्तलेटवा, मलहनियालगायतका गाविसमा अहिलेसम्म पनि विद्युत्को पोल समेत गाडिएको छैन ।

गाउँमा बिजुली बत्तीको व्यवस्था नहुँदा स्थानीयवासी आधुनिक सेवा सुविधाबाट वञ्चित हुुनुपरेको छ । गाउँ बिजुली सेवा भन्दा टाढा रहेको हुँदा स्थानीयवासीलाई मोबाइल चार्ज गर्नसमेत अन्यत्र धाउनुपर्ने बाध्यता रहेको छ । बिजुलीको अभावमा मोबाइल चार्ज गर्न पनि छिकेकी गाउँ वा भारतको बिहारको बजार पुग्नुपर्ने बाध्यता रहेको इनर्वा मलहनियाका समसुदिन राईको दुःखेसो छ ।

बिजुलीको लागि स्थानीयवासीले सम्बन्धित निकायलाई पटक÷पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै चासो नदिएको राईले बताउनुभयो ।
लकडका रामबहादुर पासवानले भन्नभयो– “छिमेकी गाउँमा बिजुली आएको वर्षौ भइसकेको तर हाम्रो समस्याप्रति न जिल्ला विकास समिति कार्यालय ९हाल जिल्ला समन्वय समिति० गम्भिर छ न त, विद्युत् प्राधिकरण वितरण केन्द्र नै । कहाँ गएर समस्या सुनाउने ।”
गाउँलेले हाम्रो गाउँमा त निर्वाचनको बेला मात्र नेताको अनुहार देखिने गरेको बताए । नेपाल विद्यृत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले विद्युतिकरणका लागि यसवर्ष बजेट माग गरिएको बताउनुभयो ।

जिविसले ती गाविसको केही वडामा विद्युतीय पोल गाडिसकेको भन्दै झाले भन्नुभयो, “विद्युतीकरणका लागि हामीले पनि पहल गरिरहेका छौ ।”
नेपाल वितरण केन्द्रले ग्राहकबाट रु ३० करोड विद्यृत् महसुल असुल्न बाँकी रहेको छ । त्यसमध्ये रु १० करोड जनकपुर उपमहानगरपालिकामाथि मात्रै छ ।

सरकारी कार्यालय सडक, सिंचाइ, जानकी मन्दिरलगायतले समेत महसुल तिरेका छैनन् भने उद्योग कलकारखाना तथा धार्मिक मठमन्दिर समेत महसुल नर्तिनेमा परेका छन् ।

वि.सं.२०७३ चैत २१ सोमवार ११:१३ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...