back
CTIZAN AD

‘लेबनानमा शरणार्थीको खाद्य सुरक्षास्तर चिन्ताजनक’

वि.सं.२०७९ पुस २ शनिवार

681 

shares

बेरुत । लेबनानमा शरणार्थीको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् ।

लेबनानमा सिरियाली शरणार्थीको सन् २०२२ जोखिम मूल्याङ्कनको प्रारम्भिक निष्कर्षमा संयुक्त राष्ट्रसङ्घ सूचना केन्द्रले जारी गरेको प्रतिवेदन माथि अलवार्दतको टिप्पणीमा सो बारे उल्लेख गरिएको छ ।

“सिरियाली शरणार्थीको खानामा कटौती गरिएको छ, वयस्कहरूले आफ्ना बच्चाहरूलाई दिइने खानाको मात्रा कम गरिरहेका छन् र खाद्यान्न किन्नलाई प्राथमिकता दिन स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च कम गरिरहेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार अधिकांश शरणार्थीको पारिवारिक ऋण बढ्दो छ, धेरैले खाना किन्न पैसा उधारो लिएका छन् र लगभग ८७ प्रतिशत परिवारले खानालाई उनीहरूको मुख्य प्राथमिकताका रूपमा सूचीबद्ध गरेका छन् ।

लेबनानमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि अयाकी इटोले भने – संयुक्त राष्ट्रसङ्घ शरणार्थी राहत निकाय र यसका साझेदारले सबैभन्दा कमजोर अवस्थामा रहेका शरणार्थीलाई मद्दत गर्न र अस्पताल र नगरपालिकालगायत लेबनानका सार्वजनिक संस्थालाई सहयोग गर्न जारी राखेका छन् तर यो “पर्याप्त छैन ।”

कमजोर अवस्थामा रहेका शरणार्थी र लेबनानी परिवारका लागि थप मद्दत तत्काल आवश्यक छ रहेको बताइएको छ । (रासस–सिन्ह्वा)

वि.सं.२०७९ पुस २ शनिवार १८:३३ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...