back
CTIZAN AD

क्यानडामा ५० मिलियन अमेरिकी डलरभन्दा बढीको २५ सय किलो अफिम बरामद

वि.सं.२०७९ पुस २ शनिवार

675 

shares

भ्यानकुभर । क्यानाडाको ब्रिटिश कोलम्बिया–क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटबाट ५० मिलियन अमेरिकी डलरभन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ ।

बरामाद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो परिमाण हो।

गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो। एक्स–रे टेक्नोलोजी सहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा जाँज गरी सो पत्ता लगाएको बताइएको छ ।

अनुसन्धानको बारेमा कुरा गर्दै क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको बताएका छन् । अवैध लागुऔषध क्यानाडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् । (रासस–एएनआई)

वि.सं.२०७९ पुस २ शनिवार १८:३९ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...