back
CTIZAN AD

हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ

वि.सं.२०७९ पुस ५ मंगलवार

672 

shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उनले बताए । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैछ ।

उनले भने, “अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ”, उनले थपे, “ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।” चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उनले बताए । आवश्यकताअनुसार प्राविधिक थपघट हुने उनकोे भनाइ छ ।

चालु आर्थिक वर्षमा जङ्गली जनावरका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले बताए । उनका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक÷एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७९ पुस ५ मंगलवार १२:२५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...