back
CTIZAN AD

लाभांश घाेषणा गरेका लघुवित्तमध्ये कसकाे शेयर किन्दा हुन्छ फाइदा ?

वि.सं.२०७९ पुस ५ मंगलवार

711 

shares

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ६ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । साेमबारसम्म आरएमडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, आरएसडीसी लघुवित्त र गुराँस लघुवित्तले गत आर्थिक वर्ष ०७८/७९ सम्मको संचित मुनाफाबाट लाभांश घोषणा गरेका छन्।

लाभांश घाेषणा गरेका ६ कम्पनीमध्ये सबैभन्दा धेरै जल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । जाल्पाले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । आरएमडीसी र साना किसान विकास बैंक लघुवित्तले समानरूपमै २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

त्यस्तै,फर्स्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे छ । आरएसडीसी लघुवित्तले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे छ भने गुराँस लघुवित्तले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ ।

यसरी हेर्दा, सबैभन्दा धेरै शेयर बाेनस जाल्पा लघुवित्तले घाेषणा गरेकाे छ । तर, दाेस्राे बजारमा जाल्पाकाे प्रतिशेयर मुल्य अन्यकाे भन्दा निकै धेरै छ ।

जाल्पा पछि आरएमडीसी र साना किसानले समानरूपमा लाभांश घाेषणा गरेका छन् । तर, समान लाभांश घाेषणा गरिरहँदा दाेस्राे बजारमा मूल्य फरक–फरक छ । खरिदकर्ताले कम्पनीकाे ‘डिभिडेण्ड इल्ड’लाई ध्यान दिन आवश्यक छ । यहाँ आरएमडीसी लघुवित्तको ‘डिभिडेण्ड इल्ड’ सबैभन्दा धेरै छ । पछिल्लो बजार मूल्यको आधारमा कम्पनीको ‘डिभिडेण्ड इल्ड’ २ दशमलव ९२ प्रतिशत छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १२:२२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...