काठमाडौं । तरलता अभावका बीच पनि वाणिज्य बैंकहरुको नाफामा भने बढोत्तरी आएको छ । असोज महिनाको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतले बढेको छ ।
गत असोजमा १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले कात्तिकमा २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ कमाएका छन् । विवरण पेश नगरेको प्रभु बाहेक अधिकांश बैंकको नाफा अर्ब नजिक छ ।
यो अबधिमा सबैभन्दा धेरै नबिल बैंकले नाफा कमाएको छ । नबिलले २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
नाफा आर्जन गर्नेमा एनआईसी एशिया दोेस्रोमा छ । उसले २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । प्रतिस्पर्धामा देखिइरहने ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ४९ लाख ६० हजार नाफा आर्जन गरेको छ ।
त्यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड ६२ लाख १० हजार नाफा कमाएको छ भने एनएमबि बैंक १ अर्ब ३० करोड ८४ लाख १० हजार र कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख ३० हजार नाफा कमाएका छन् । प्राइम कमर्सियल बैंक १ अर्ब २५ करोड ५१ लाख ५० हजार नाफा कमाएको छ भने एभरेष्ट बैंकले १ अर्ब १५ करोड १४ लाख ४० हजार र स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब ८ करोड ३९ लाख ८० हजार रुपैयाँले नाफा कमाएको छ ।
२६ बैंकमध्ये नौ बैंकले अर्बमाथि नाफा कमाएका छन् भने अन्यले अर्ब मुनि नाफा कमाएका छन् । नाफामा अगाडि रहने कृषि विकास बैंक अहिले निकै खस्किएको छ ।
कुनले कति कमाए नाफा ?
नबिल बैंक : २ अर्ब ३५ करोड ७९ लाख ८० हजार
एनआईसी एशिया : २ अर्ब २२ करोड ७८ लाख ५० हजार
ग्लोबल आइएमई बैंक : १ अर्ब ७५ करोड ४९ लाख ६० हजार
नेपाल इन्भेष्टमेन्ट बैंक : १ अर्ब ५२ करोड ६२ लाख १० हजार
एनएमबि बैंक : १ अर्ब ३० करोड ८४ लाख १० हजार
कुमारी बैंक : १ अर्ब २५ करोड ७७ लाख ३० हजार
प्राइम कमर्सियल बैंक : १ अर्ब २५ करोड ५१ लाख ५० हजार
एभरेष्ट बैंक : १ अर्ब १५ करोड १४ लाख ४० हजार
स्टयाण्डर्ड चार्टर्ड बैंक : १ अर्ब ८ करोड ३९ लाख ८० हजार
नेपाल बैंक : ९५ करोड ९४ लाख २० हजार
राष्ट्रिय वाणिज्य बैंक : ९२ करोड ६८ लाख २० हजार
हिमालयन बैंक : ८३ करोड ५१ लाख ७० हजार
नेपाल एसबिआई बैंक : ८२ करोड ७८ लाख
सानिमा बैंक : ७८ करोड ७४ लाख ९० हजार
मेगा बैंक : ७६ करोड ९२ लाख २० हजार
एनसीसी बैंक : ७२ करोड ६७ लाख
सिटिजन्स बैंक : ७० करोड ४९ लाख ३० हजार
सिद्धार्थ बैंक: ६७ करोड ४१ लाख २० हजार
लक्ष्मी बैंक : ६५ करोड ६८ लाख १० हजार
माछापुच्छ्रे बैंक : ५९ करोड ५८ लाख ८० हजार
सिभिल बैंक : ५६ करोड ९ लाख ८० हजार
बैंक अफ काठमाण्डू : ४५ करोड ३२ लाख
सेञ्चुरी बैंक : ४४ करोड ७ लाख ३० हजार
सनराइज बैंक : ३७ करोड ६१ लाख ३० हजार
कृषि विकास बैंक : ३१ करोड ८५ लाख ५० हजार
वि.सं.२०७९ पुस ५ मंगलवार १८:०९ मा प्रकाशित






























