काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो बिस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १४, रविभवनमा प्रतिष्ठान छ । कलंकी शाखाको मातहतमा रहनेगरी संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा बिस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ ।
यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया बिस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।
सुविधा सम्पन्न बिस्तारित काउण्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकले १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ ।
वि.सं.२०७९ पुस ६ बुधवार ०८:१५ मा प्रकाशित





























