back
CTIZAN AD

पचपन्न प्रतिशतसम्म पारिश्रमिक वृद्धि गर्ने टर्कीका राष्ट्रपतिको घोषणा

वि.सं.२०७९ पुस ८ शुक्रवार

582 

shares

अङ्कारा, टर्की । टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको बिहीबार घोषणा गरेका हुन् ।

सन् २०२३ मा मासिक न्यूनतम तलब आठ हजार ५०६.८ लिरा (करिब चार सय ५५ अमेरिकी डलर) हुनेछ, जुन जुलाइमा निर्धारण गरिएको स्तरबाट ५५ प्रतिशत र जनवरीबाट १०० प्रतिशतको वृद्धि हो ।

एर्दोगानले पत्रकार सम्मेलनमा उनले भने, “रोजगारदाता र कर्मचारी युनियनबीच सहमति हुन नसकेपछि टर्की सरकारले हस्तक्षेप गरेर न्यूनतम तलबको स्तर निर्धारण गरेको छ ।”

यद्यपि, टर्कीको ‘कन्फेडेरेसन अफ वर्कर्स युनियन’ले एक वक्तव्य जारी गर्दै सरकारले निर्धारण गरेको पारिश्रमिकले कर्मचारीको जीवनस्तर पूरा नगरेको जनाएको छ ।

सन् २०१८ को मध्यतिर विदेशी मुद्रा अभाव उत्पन्न भएपछि टर्कीले उच्च मुद्रास्फिति र घरपरिवारका लागि घट्दो क्रयशक्ति जस्ता गम्भीर आर्थिक समस्याहरूको सामना गरिरहेका छन् ।

मे २०२१ पछि पहिलोपटक यसै वर्षको नोभेम्बरमा टर्कीको मुद्रास्फितीमा सुस्तता देखिएको थियो । यो अक्टोबरमा ८५.५ प्रतिशतबाट घटेर ८४.३ प्रतिशतमा झरेको थियो । यो सङ्कट सन् २००२ पछिको सबैभन्दा उच्च हो ।

सरकारी तथ्याङ्कअनुसार टर्कीमा करिब ६० लाख मानिस वा सबै कर्मचारीको करिब ३८ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउँछन् । (रासस/सिन्ह्वा)

 

वि.सं.२०७९ पुस ८ शुक्रवार १७:२३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...