back
CTIZAN AD

ग्लोबलद्धारा धनुषा महोत्तरी, गुल्मी लगायतका जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु

वि.सं.२०७९ पुस ९ शनिवार

744 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी, बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ ।

बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बिशाल कुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।

त्यसैगरी, बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राज कुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङ्गको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्दौटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जय बहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ ।

वि.सं.२०७९ पुस ९ शनिवार ०८:०८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...