काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बिहान ८ बजे पेरिसडाँडामा बस्न लागेको उक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरु लगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी बैठकमा माओवादीले पाउने मन्त्रालय तथा क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल हुन लागेको एक नेताले बताएका छन् ।
माओवादी केन्द्रको बैठक सकिनासाथ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आइतबार एमाले, रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, जसपा तथा स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको हस्ताक्षरसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज बेलुका ४ बजे केही मन्त्रीहरुका साथमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सपथग्रहण गर्नेछन् ।
वि.सं.२०७९ पुस ११ सोमवार ०७:३९ मा प्रकाशित






























