back
CTIZAN AD

एनआईबिएलद्धारा हालसम्मकै ठूलो आकारको म्युचुअल फण्डको बिक्री खुला

वि.सं.२०७९ पुस ११ सोमवार

630 

shares

काठमाडौं । एनआईबिएल एस क्यापिटलले हालसम्मकै ठूलो आकारको म्युचुअल फण्डको बिक्री खुला गरेको छ ।

क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल ग्रोथ फण्ड’ पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बन्दमुखी प्रकृति अन्तर्गतको यो योजनाको आकार १ अर्ब ६० करोड रुपैयाँको छ । जसको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो ।

जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन पाउने व्यवस्था छ ।

क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ पुस ११ सोमवार ०९:१० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...