back
CTIZAN AD

यौन क्षमता बढाउन भियग्रा होइन खानुहोस् यी खानेकुरा

वि.सं.२०७९ पुस ११ सोमवार

2.2K 

shares

काठमाडौं । कतिपय पुरूषहरू यौन जीवनलाई थप राेमाञ्चक बनाउन यौनवर्धक भियग्राको सेवन गर्ने गर्दछन् । लामो समयसम्म यौन सम्पर्क तथा सन्तुष्टि प्राप्त गर्ने बहानामा समेत भियग्राको प्रयोग बढिरहेको देखिन्छ । तर, भियग्राले क्रमशः मानव स्वास्थ्यमा भने असर गरिरहेकाे हुन्छ ।

भियग्राकाे विकल्पमा धेरै यस्ता खानेकुरा छन् जसकाे नियमित प्रयाेगले यौन क्षमता बढाउँदछन् । यहाँ त्यस्ता सुपरफुडबारे चर्चा गरिएकाे छ, जसले तपाइँकाे याैन जीवन थप राेमाञ्चक बनाउनेछ । यी हुन् यौन क्षमता बढाइदिने केही सुपरफुड यी हुन्ः

१.चुकन्दरः चुकन्दरको सेवनले पुरुषहरु यौन सम्पर्कका बेला उच्च प्रदर्शन गर्न सक्दछन् । चुकन्दरको सेवनले यौनांगमा रक्त प्रवाह बढ्दछ । साथै यसले सेक्स हर्मोनको पनि सन्तुलन कायम राख्दछ । यसले यौनेच्छा बढाउनुका साथै शिघ्रपतन रोक्न पनि सहयोग पूराउँदछ ।

२. प्याजः प्याजमा पनि विभिन्न प्रकारका पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले कामेच्छा बढाउनुका साथै यौनांगलाई स्वस्थ राख्नमा सहयोग गर्दछ ।

३. पालुंगोः एमिनो एसिड तथा फोलेट तत्वले भरिपूर्ण पालुंगो नियमित रुपमा खानाले यौन क्षमतामा वृद्धि हुन्छ । यसले यौनांग्मा रक्तप्रवाह बढाउन सहयोग गर्दछ ।

४. ब्रोकाउलीः ब्रोकाउली पनि यौनक्षमता वृद्धिका लागि अत्यावश्यक खाद्यपदार्थ हो । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, न्यून रक्तचापको समस्या हटाउन समेत सहयोग गर्दछ ।

५. गाजरः भिटामिन ए ले भरपूर गाजरको सेवनले यौन क्षमता सजिलैसँग बढाउन सकिन्छ । यसले यौनेच्छा बढाउने, शिघ्रस्खलन कम गर्नुका साथै शुुक्रकिटको संख्या तथा गुणस्तर बढाउन पनि सहयोग गर्दछ ।

६. लसुनः कामेच्छा बढाउनका लागि लसुनले ठूलो भूमिका खेल्दछ । लसुनमा हुने तत्वले यौनांगमा रक्तप्रवाह बढाउँदछ र यौन क्षमतामा पनि वृद्धि गर्दछ ।

७. भिन्डीः भिटामिनका साथै जिंक लवणले भरिपूर्ण भिन्डीको सेवनले यौन समस्याबाट बचाउन सहयोग गर्दछ । जिंक तत्वको कमीले उत्तेजना नहुने समस्या अर्थात् इरेक्टाइल डिस्फंक्सनको समस्या ल्याउँछ जसलार्य भिन्डीको सेवनले हटाउन सकिन्छ । थकान हटाउन तथा यौन शक्ति बढाउन पनि भिन्डीको सेवन सहयोगी हुन्छ ।

८. गोलभेँडाः गोलभेँडामा हुने लियोपिन नामक यौगिकले पुरुषमा उत्तेजना नहुने समस्या हटाउन सहयोग गर्दछ र उत्तेजना बढाउँदछ । पुरुषमा हुने प्रोस्टेट क्यान्सरको जोखिम पनि गोलभेँडाको सेवनबाट कम गर्न सकिन्छ । एजेन्सीबाट

वि.सं.२०७९ पुस ११ सोमवार १२:३८ मा प्रकाशित

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...