back
CTIZAN AD

२०औं वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको नयाँ भवनको उद्घाटन

वि.सं.२०७९ पुस १२ मंगलवार

606 

shares

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल स्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको सोमबार उद्घाटन गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त उद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रहि योगदान प्रदान गरेका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय आँफैले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको जनाएको छ ।

केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्ज स्थित आफ्नै कार्यालय भवनबाट समेत बैकिङ सेवा सुचारु गरिसकेको छ ।

अत्याधुनिक प्रविधिमैत्री बंैैकिङ मार्फत आम ग्राहकहरुसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०८:३६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...