काठमाडौं । नेपाली कांग्रेसले पुस २२ गते शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चुनावी समीक्षाका लागि बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई अनुरोध गरिएको छ ।
चुनावी समिक्षा गर्न बोलाइएको भनिएपनि मुख्यतः सरकार गठनमा भएको असफलताबारे समिक्षा गर्न बोलाइएको हो । नेताहरुले सभापति शेरबहादुर देउवालाई सरकार निर्माणमा भएको असफलताप्रति जवाफ दिन माग गरेका छन् ।
सभापति देउवाले यही शिलशिलामा बैठक बोलाएको बुझिएको छ ।
वि.सं.२०७९ पुस १२ मंगलवार १६:२९ मा प्रकाशित






























