back
CTIZAN AD

पुस १७ देखि कुमारी र एनसीसीको एकीकृत कारोबार हुने

वि.सं.२०७९ पुस १२ मंगलवार

738 

shares

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुनेछैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको कामाडौँ महानगरपालिका–२ स्थित टङ्गालमा रहनेछ ।

एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

वि.सं.२०७९ पुस १२ मंगलवार १७:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...