back
CTIZAN AD

सरकारमा जान किन अनिर्णित छ जसपा ?

वि.सं.२०७९ पुस १४ बिहीवार

963 

shares

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन गरेको जनता समाजवादी पार्टी सरकारमा सहभागि हुने विषयमा भने अनिर्णित देखिएको छ । जसपाले कार्यकारिणी बैठकबाट मात्रै सरकारमा सहभागिताको विषय टुंग्याउने भनेको छ । तर, सरकारमा सहभागिताबारे जसपाको रणनीति भने बेग्लै देखिन्छ ।

जसपाले केन्द्रमा भन्दा मधेश प्रदेशमा आफ्नो दाबीलाई अगाडि सारेको छ । उसको रणनीति मधेश प्रदेशको नेतृत्व हत्याउने छ । जसमा सहमति नभई सरकारमा नजाने आन्तरिक निर्णय जसपाले गरेको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले बताएअनुसार केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकपश्चात मात्रै सरकारमा जाने/नजाने निर्णय हुनेछ । उनले मधेशको नेतृत्वमा आफ्नो पार्टीले दाबी नछाड्ने पनि स्पष्ट पारेका छन् ।

“हामीले सरकारमा जाने/नजाने विषयमा निर्णय लिएका छैनौं, केन्द्रीय कार्यकारिणी र राजनीतिक समितिको बैठक पछि मात्रै सरकारमा सहभागिताबारे निर्णय गर्नेछौं”, उनले भनेका छन्, “तर, हाम्रो मागलाई सम्बोधन गर्नुपर्छ, मधेशको नेतृत्वमा हाम्रो स्वभाविक दाबी छ ।”

मधेश जसपाको आधारभूमि हो । तर, मधेशको नेतृत्वमा जसपासँगै सिके राउत नेतृत्वको जनमत पार्टीले पनि दाबी गरेको छ । तर, यी दुबै दलको पोजिसन भने त्यति बलियो छैन ।

१०७ सदस्यीय प्रदेशसभामा जसपाको १६ सिट छ भने जनमतको १३ सिट छ । तर, लोसपा, जसपाभन्दा मधेशमा एमाले ठूलो शक्तिको रुपमा छ । एमालेसँग एक्लै २३ सिट छ । जहाँ माओवादी र एकीकृत समाजवादी क्रमशः ८ र ७ सिटमा छन् । यस्तोमा बहुमत बहुमत पुर्‍याउन गठबन्धनका सबै दलहरु मिल्नुपर्ने हुन्छ । तर, जसपा र जनमतको अडानले मधेशको नेतृत्वमा भने सकस पर्ने देखिएको छ ।

एमाले र माओवादीभित्र प्रदेश नेतृत्वबारे मोटामोटी सहमति भएको छ । दुई दलले मधेशको विषय भने निर्णय लिएका छैनन् ।

वि.सं.२०७९ पुस १४ बिहीवार १२:२० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...