back

सरकारमा जान किन अनिर्णित छ जसपा ?

वि.सं.२०७९ पुस १४ बिहीवार

48 

shares

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन गरेको जनता समाजवादी पार्टी सरकारमा सहभागि हुने विषयमा भने अनिर्णित देखिएको छ । जसपाले कार्यकारिणी बैठकबाट मात्रै सरकारमा सहभागिताको विषय टुंग्याउने भनेको छ । तर, सरकारमा सहभागिताबारे जसपाको रणनीति भने बेग्लै देखिन्छ ।

जसपाले केन्द्रमा भन्दा मधेश प्रदेशमा आफ्नो दाबीलाई अगाडि सारेको छ । उसको रणनीति मधेश प्रदेशको नेतृत्व हत्याउने छ । जसमा सहमति नभई सरकारमा नजाने आन्तरिक निर्णय जसपाले गरेको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले बताएअनुसार केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकपश्चात मात्रै सरकारमा जाने/नजाने निर्णय हुनेछ । उनले मधेशको नेतृत्वमा आफ्नो पार्टीले दाबी नछाड्ने पनि स्पष्ट पारेका छन् ।

“हामीले सरकारमा जाने/नजाने विषयमा निर्णय लिएका छैनौं, केन्द्रीय कार्यकारिणी र राजनीतिक समितिको बैठक पछि मात्रै सरकारमा सहभागिताबारे निर्णय गर्नेछौं”, उनले भनेका छन्, “तर, हाम्रो मागलाई सम्बोधन गर्नुपर्छ, मधेशको नेतृत्वमा हाम्रो स्वभाविक दाबी छ ।”

मधेश जसपाको आधारभूमि हो । तर, मधेशको नेतृत्वमा जसपासँगै सिके राउत नेतृत्वको जनमत पार्टीले पनि दाबी गरेको छ । तर, यी दुबै दलको पोजिसन भने त्यति बलियो छैन ।

१०७ सदस्यीय प्रदेशसभामा जसपाको १६ सिट छ भने जनमतको १३ सिट छ । तर, लोसपा, जसपाभन्दा मधेशमा एमाले ठूलो शक्तिको रुपमा छ । एमालेसँग एक्लै २३ सिट छ । जहाँ माओवादी र एकीकृत समाजवादी क्रमशः ८ र ७ सिटमा छन् । यस्तोमा बहुमत बहुमत पुर्‍याउन गठबन्धनका सबै दलहरु मिल्नुपर्ने हुन्छ । तर, जसपा र जनमतको अडानले मधेशको नेतृत्वमा भने सकस पर्ने देखिएको छ ।

एमाले र माओवादीभित्र प्रदेश नेतृत्वबारे मोटामोटी सहमति भएको छ । दुई दलले मधेशको विषय भने निर्णय लिएका छैनन् ।

वि.सं.२०७९ पुस १४ बिहीवार १२:२० मा प्रकाशित

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...