काठमाडौं । सुरक्षा अधिकारीले अव गृहमन्त्रालयको पूर्वअनुमति लिएर मात्रै कूटनीतिक अधिकारी र राजनीतिक दलका नेताहरुलाई भेट्न पाउने निर्देशन जारी गरिएको छ ।
गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागीय स्विकृति लिएर मात्र त्यस्ता भेटघाट गर्न भन्दै अन्यथा अनुशासनको कारबाहीमा पर्ने चेतावनी समेत दिइएको छ ।
‘शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजनका साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु÷गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धीत संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।
गत पुस ११ गते नेकपा एमालेसहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारमा रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदभार ग्रहण गरेसँगै एकपछि अर्को निर्णय गर्दै गएका छन् ।
गृहमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ४८ घण्टाभित्रमा निजी सुरक्षाका लागि खटाइएका कर्मचारीहरु फर्काउन निर्देशन समेत दिएका थिए ।

मन्त्री रविको पहिलो एक्सन : निजी सुरक्षाका लागि खटाइएका कर्मचारी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
वि.सं.२०७९ पुस १४ बिहीवार १४:१२ मा प्रकाशित






























