काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित बागमती किनारमा अनाधिकृत रुपमा बसेका सुकुम्बासी बस्ति हटाउन सहयोग गर्न भन्दै गृहमन्त्री रवि लामिछानेलाई पत्र पठाएका छन् ।
मेयर साहले बागमती किनारमा बनेका अनाधिकृत संरचना हटाउनका लागि सुरक्षाकर्मीको माग गरेका हुन् ।
महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी हस्ताक्षरित उक्त पत्रमा भनिएको छ –‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन । थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ ।’
केही समय अगाडि मेयर साहले बागमती किनारमा रहेका सुकुम्बासी हटाउन डोजर लगाए पनि स्थानीयहरु विरोधमा उत्रिएपछि महानगरले उक्त कार्य रोकेको थियो ।

वि.सं.२०७९ पुस १४ बिहीवार १६:०७ मा प्रकाशित






























