काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १२ औं बार्षिक साधारणसभाले प्रभु बैंकसँग गाभिनका लागि मर्जर सम्झौता पारित गरेको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«कालीमा बिहीबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
वि.सं.२०७९ पुस १४ बिहीवार १६:१९ मा प्रकाशित






























