काठमाडौं । गृहमन्त्रालयको ४८ घण्टे निर्देशनपछि पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सय बढी कर्मचारी फिर्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालका अनुसार प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सय बढी कर्मचारी फिर्ता आएका हुन् ।
गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार नेपाल प्रहरीका १०३ र शसस्त्र प्रहरी बलका ९१ गरी १९४ जना कर्मचारी फिर्ता भइ प्रहरी तथा सशस्त्र प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।
गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजी सुरक्षाका लागि खटाइएका कर्मचारीहरु ४८ घण्टाभित्र फर्काउन निर्देशन दिएपछि भीआईपी, भीभीआईपी तथा पूर्वप्रहरी अधिकारीको व्यक्तिगत सुरक्षामा खटिएका कर्मचारीहरु फर्किएका हुन् । उनीहरु केहीलाई सवारी चालकका रुपमा प्रयोग गरेको र केहीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) को सुरक्षाकर्मीको सहयोगीका लागि खटाइएको पाइएको छ ।
मन्त्री रविको पहिलो एक्सन : निजी सुरक्षाका लागि खटाइएका कर्मचारी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
वि.सं.२०७९ पुस १४ बिहीवार २०:३८ मा प्रकाशित






























