काठमाडौं । भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परेर गम्भीर घाईते भएका छन् ।
भारतीय प्रहरीका अनुसार शुक्रबार बिहान पन्तको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाईते भएका हुन् । दुर्घटना हुनासाथ उनको कारमा आगो लागेको र कारको सिसा फोरेर उनी बाहिर निस्किएका थिए । उनको शिर, ढाड र खुट्टामा चोट लागेपछि गम्भीर घाईते भएका हुन् । तर, उनी खतरामुक्त रहेको बताइएको छ ।
आमालाई सरप्राइज दिन खबर नगरी घर गएका उनी घर पुग्नुभन्दा १० किलोमिटर अगाडि दुर्घटनामा परेका थिए । रुड्कीको नारसन बोर्डरमा बिहान ५ः३० बजे दुर्घटना भएको थियो । हाल उनको उपचार देहरादुरनको म्याक्सअस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १२:५७ मा प्रकाशित



























