back
CTIZAN AD

ओली–प्रचण्डबीचको दुई घण्टे बसाई : शक्ति बाँडफाँटबारे छलफल

वि.सं.२०७९ पुस १५ शुक्रवार

726 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता भएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा शुक्रबार दुई घण्टा जति वान टु वान वार्ता भएको हो ।

प्रचण्डको सचिवालयले जनाएअनुसार विशेषगरी मन्त्रिपरिषद् विस्तार, प्रदेशहरुका सरकार गठन र न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो ।

सोमबार एमालेसहितका विभिन्न सात दलको सहयोगमा सरकार गठन गरेपनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णंता दिएका छैनन् । साथै, दलहरुबीच प्रदेश सरकारको गठनबारे औपचारिक छलफल नै प्रारम्भ भएको छैन ।

प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको योजनामा देखिन्छन् । उनले प्रदेशगत संरचनाको विषयमा पनि सोहीअनुसार योजना बनाएको बुझिन्छ ।

तर, एमालेका अध्यक्ष केपी शर्मा ओली भने सरकारलाई पूर्णंता दिने योजनामा देखिन्छन् । पछिल्ला भेटवार्ता तत्कालै मन्त्रिपरिषद् विस्तार र प्रदेश सरकार गठनबारे केन्द्रीत रहेको बुझिएको छ ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १३:२४ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...