back
CTIZAN AD

प्रभु लाइफका बीमित परिवारलाई २० लाख रुपैयाँ दाबी भुक्तानी

वि.सं.२०७९ पुस १६ शनिवार

654 

shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले असोज २८ गते मृत्यु भएका बीमित गणेश विश्वकर्माका परिवारलाई २० लाखको चेक हस्तान्तरण गरेको हो ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले मृतकका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

२०७८ पुस २८ गते प्रभु लाइफमा २० लाख बीमांक रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । उनले पहिलो प्रिमियम स्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बीमाशुल्क बुझाएका थिए भने दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै उनको मृत्यु भएको हो ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वसनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास रहेको भट्टराईले बताए । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ पुस १६ शनिवार १०:१२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...