काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्द नेपाल निर्माणका लागि प्रतिज्ञा गर्न आव्हान गरेका छन् ।
अंग्रेजी नयाँवर्ष २०२३ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले हरेक दिन समृद्द नेपालको निमार्ण गर्न सुशासन र विकास पक्षमा जनताको आवस्यकतालाई सम्बोधन गर्नका लागि धेरै भन्दा धैर काम गर्ने प्रतिज्ञा गर्न आव्हान गरेका हुन् ।
‘आउनुस्, हरेक दिन समृद्ध नेपालको निर्माण गर्न सुशासन र विकासको पक्षमा जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि धेरै भन्दा धेरै काम गर्ने प्रतिज्ञा गरौं । अंग्रेजी नयाँवर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना !’ प्रधामन्त्रीद्धारा जराी सन्देशमा भनिएको छ ।
वि.सं.२०७९ पुस १७ आइतवार १२:४० मा प्रकाशित






























