back
CTIZAN AD

माओवादी गण्डकी प्रदेशको संसदीय दलको नेतामा पुनः चुमान

वि.सं.२०७९ पुस १७ आइतवार

702 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन् ।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो ।

२०७४ मा पनि संसदीय दलको नेता रहेका चुमान पृथ्वी सुव्वा गुरुङ नेतृत्वको प्रदेश सरकारमा आन्तरिक तथा कानुनमन्त्री रहेका थिए ।

मंसीर ४ को निर्वाचनमा तनहुँबाट निर्वाचित भएका चुमानलाई माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको छ ।

त्यस्तै सत्ता गठबन्धनकै मुख्य दल नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । गण्डकी प्रदेशमा गठबन्धनबाट अधिकारी र चुमान मध्ये एकजना मुख्यमन्त्री हुने पक्का भएको छ ।

वि.सं.२०७९ पुस १७ आइतवार १२:५९ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...