back
CTIZAN AD

यो वर्षको जाडो अब कति समयसम्म रहला ?

वि.सं.२०७९ पुस १८ सोमवार

1.2K 

shares

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका विभिन्न भागमा अहिले चिसो बढ्दो क्रममा रहेको छ। चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ। त्यसले गर्दा अबको करिब एक महिनासम्म उपत्यकासहित विभिन्न भागमा चिसो हुने क्रममा खासै कमी नआउन सक्छ।

मौसमविद्का भनाइमा यो वर्षको हिउँदमा गत वर्षको तुलनामा वर्षा कम हुने अनुमान गरिएकाले पानी परेर हुने जाडो गत वर्षको तुलनामा कम पनि हुनसक्छ।

हिमालमा हिमपात, पहाडमा तुवाँलो र तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता नेपालका कैयौँ हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना देखिएको छ। त्यस्तै पहाडी क्षेत्रमा तुवाँलो लाग्ने र केही स्थानमा वर्षाको सम्भावना देखिन्छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने देखिएको छ।

आइतवार साँझ महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। त्यसले गर्दा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भएको हो भने अन्य क्षेत्रमा सामान्य वर्षाको सम्भावना भएको हो।

यद्यपि वर्षा गराउनका लागि व्यापक प्रणाली विकास भएको नदेखिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। उनले भने, “यसबेला पश्चिमी वायुको प्रभावले वर्षा हुने हो। तर अहिले त्यस्तो व्यापक जलवाष्पयुक्त बादल देखापरेको छैन। तर हल्का देखिएकाले केही स्थानमा वर्षा हुनसक्छ।”

उनका अनुसार काठमाण्डू उपत्यकामा प्रदूषण धेरै भएकाले प्रदूषण मिसिएको तुवाँलो भने लाग्ने देखिन्छ। “यसबेला वायुको गति स्थिर हुन्छ। त्यसले गर्दा तुवाँलो भने लाग्ने देखिन्छ,” उनले भने।

त्यो प्रदूषणयुक्त हुने भएकाले विशेषगरी तापक्रम कम हुने बिहान र बेलुका मास्क नलगाई बाहिर हिँड्नु उपयुक्त नहुने उनको भनाइ छ। त्यस्तै तराईमा अहिले हुस्सु लागिरहेको छ। त्यो क्रम अझै केही दिन बढ्ने अनुमान विभागले गरेको छ। तराईमा लागेको हुस्सुका कारण धेरै स्थानमा उडान सेवाहरू पनि प्रभावित हुन सक्ने पौडेलले बताए।

उपत्यकामा चिसो

काठमाण्डू उपत्यकामा गत साता यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम पुगेको थियो। त्यसबेला उपत्यकामा तापक्रम ३.४ डिग्री सेल्सिअस भएको उनले बताए। त्यस्तै अहिले देशका केही भागहरूमा जस्तै जुम्ला र जोमसोमजस्ता मौसमसम्बन्धी जानकारी दिने केन्द्र भएका स्थानमा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सिअससम्म पुगेको उनले बताए। यो क्रम अझै बढ्ने पौडेलले जानकारी दिए।

उनले भने, “पुस १५ देखि माघ १५ सम्म नेपालमा धेरै जाडो हुने ठानिन्छ। त्यस्तो जाडो भर्खर सुरु भएको छ त्यसैले यो करिब एक महिना रहन्छ।” बिबिसीबाट

वि.सं.२०७९ पुस १८ सोमवार १३:२४ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...