back
CTIZAN AD

नागरिक उन्मुक्तिकाे अडानपछि सुदूरपश्चिममा सरकार गठन अन्याेलमा

वि.सं.२०७९ पुस १८ सोमवार

870 

shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको शपथ भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले आज (सोमबार)का लागि प्रदेश सभाको बैठक आह्वानसमेत गरिसकेका छन् ।

तर सुदूरपश्चिममा कसकाे नेतृत्वका सरकार बन्ने भन्ने टुंगाे अझै लाग्न सकेको छैन । केन्द्रमा रहेको सत्ता साझेदार दलहरूबीच प्रदेश नेतृत्वको भागबन्डा नमिलेका कारण सुदूरपश्चिममा अझै कसले नेतृत्व गर्ने भन्ने टुंगाे नलागेको प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए । ‘केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने टुंगाे लाग्न सकेको छैन,’ उनले भने, ‘केन्द्रमा सहमति हुन अझै एक सातासम्म लाग्न सक्दछ ।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वाका लागि माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेको उनले बताए । ‘केन्द्रमा तीनवटै पार्टीको नेतृत्वमा दावी रहेको छ’ प्रदेश सभा सदस्य पाठकले भने, ‘त्यसका लागि छलफल भइरहेको छ, केन्द्रले नेतृत्व टुंग्याएपछि मुख्यमन्त्रीको टुंगो लाग्नेछ ।’

हाल संघीय सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सुदूरपश्चिम प्रदेश सभामा सदस्य रहेका छन् । माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग सात र राप्रपासँग एकजना प्रदेश सभा सदस्य रहेका छन् ।

केन्द्रीय सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक मानिएको छ । संघीय सरकारलाई सरकार बाहिरबाट समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ ।

“टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेल चलान गरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशक चौधरीलगायत नेता कार्यकर्ताको रिहाइ र संगै प्रदेश सरकारमा हाम्रो नेतृत्व हुनुपर्ने हाम्रो अडान रहेको छ,” नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले भने, “ती माग पूरा नभई नागरिक उन्मुक्ति प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागीसमेत हुने छैन ।”

वि.सं.२०७९ पुस १८ सोमवार १३:३२ मा प्रकाशित

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...