काठमाडौं । दुईमहिना अगाडि अष्ट्रेलियाको ब्रिसवेनमा ज्यान गुमाएका छोराको सम्झनामा भुसाल दम्पत्तीले मानब आश्रममा आश्रित ७५ जनालाई खाना खुवाएका छन् ।
उच्चशिक्षाका लागि २०७६ सालमा अष्ट्रेलियाको ब्रिसबेन पुगेका पैयु गाउँपालिका ३ बेउलीबास हाल रुपन्देहीको देवदह ७ पिपलडाडाँमा बस्ने छविलाल भुसाल र तुलसा भुसालका २२ वर्षीय छोरा खगेन्द्र भुसालको दुईमहिना अगाडि मृत्यु भएको थियो ।

उनीहरुले आइतबार २ महिनाको पुण्य तिथिमा बुटवलमा रहेको मानव सेवा आश्रममा आश्रित ७५ जना असहाय तथा गरिबहरुलाई खाना खुवाएका हुन् ।
वि.सं.२०७९ पुस १८ सोमवार १३:४८ मा प्रकाशित






























