काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।
सोमबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका पदाधिकारीहरुको बैठकले महरालाई सर्वसँम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्तीको नाम आएपनि पार्टीको लुम्बिनी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत रुपमा दलको नेता चयन गर्न निदेशन दिएको थियो ।
प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार दलको उपनेता र सचेतक पछि चयन गरिनेछ ।
मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महरा रोल्पा १ (क) बाट प्रदेश सभा सस्यमा निर्वाचित भएका छन् ।
वि.सं.२०७९ पुस १८ सोमवार १४:२२ मा प्रकाशित






























