Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

गठबन्धनभित्र अविश्वास : सहमति बिथाेलिने डरपछि प्रचण्डको सर्त ‘विश्वासको मत’



काठमाडौं । एमाले र माओवादी केन्द्रसहित सात दल मिलेर गत पुस १० मा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठन भएको आज नौ दिन बितेको छ । तर, योबीच केन्द्रीय तहमा न त मन्त्रिपरिषद् विस्तार भएको छ न त प्रदेश तहमा सरकार गठनका कामहरु भएका छन् । प्रदेशका कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषय निकै अन्योलपूर्णं छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गते संघीय संसदको बैठक आव्हान गरेकी छिन् । तर, दलहरुबीच समझदारी हुन नसक्दा सभामुख चयनको विषय अन्योलमा नै छ ।

प्रदेशहरुमा सरकार गठन अन्योल भइरहेका बेला प्रदेशसभाका बैठकहरु भने सुरु हुन थालेका छन् । सरकार गठनको टुंगो नभइरहँदा प्रदेश तहमा सभामुख र उपसभामुख चयनको प्रक्रिया भने सुरु भएका छन् ।

सुदूरपश्चिममा आगामी माघ २ गते सभामुख र उपसभामुख चयन गर्ने कार्यसूची बनेको छ । लुम्बिनी प्रदेश सभामा पनि माघ ३ गते सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ । यता, बागमती प्रदेशसभामा सभामुख र उपसभामुखको चयन गर्न पुस २८ गते बैठक डाकिएको छ ।

सरकार गठन अनिश्चित नै रहेको बेला सोमबारदेखि गण्डकी प्रदेशसभा बैठक सुरु भएको छ । जहाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जारी गरेका दुई अध्यादेशमाथि छलफल हुँदैछ । साथै, सभामुख र उपसभामुख चयनको प्रक्रिया पनि सुरु गर्ने तयारी छ ।

विश्वासको मत पाएपछि मात्रै अन्य निर्णय

प्रधानमन्त्री प्रचण्डले संसद अधिवेशनको दोस्रो बैठकबाटै विश्वासको मत लिने तयारी गरेका छन् । जसको लागि उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पुस २६ मा बस्ने संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव राख्नेछन् ।

प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डको पक्षमा सात दलका १६९ सांसदको समर्थन रहेको थियो । तर, सात दलमध्ये जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी अझै स्पष्ट छैनन् । यी चार पार्टीले केही सर्तहरु अघि सारेका छन् । जसपाले केन्द्रमा उपप्रधानसहित महत्वपूर्णं मन्त्रालय मागेको छ भने मधेश प्रदेशमा मुख्यमन्त्री माग गरेको छ । यसैगरि नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नै मागेको छ । यता, जनमत पार्टीले पनि मधेश प्रदेशको मुख्यमन्त्री माग गरेको छ ।

यदि यी चार दललाई सहमतिमा ल्याउन नसके बहुमत पु¥याउन सहज हुँदैन । केन्द्रमा सँगै प्रदेश तहमा पनि सरकार बनाउन सकिँदैन । प्रचण्डले गठबन्धन बाहिरका दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रर्यत्न गरेका छन् । तर, ती दलहरुसँग सहमति हुन सकेको छैन ।

साना दलहरु सहमति नभइरहेका बेला मुख्य दल एमालेसँगै पनि कतिपय विषयमा सहमति हुन सकेको छैन । केन्द्रमा मन्त्रालय बाँडफाँट र प्रदेशमा मुख्यमन्त्रीहरुको विषयमा एमाले र माओवादीबीच अझै पनि सहमति बनेको छैन । यस्तो विषयमा जस्तो पनि खेल हुनसक्ने सम्भावना विद्यमान नै छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा