काठमाडौं । उपप्रधानमन्त्री एवंम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएपछि पहिलोपटक एकान्तकुना र स्वयम्भु ठूलो भर्याङस्थित यातायात कार्यालयमा सोमबार बिहान अनुगमनका लागि पुगेका मन्त्री श्रेष्ठले यातायतामा अहिले देखिएका समस्या सामाधान र सेवाग्राहीलाई छिटो र सहज सेवा दिन के गर्नुपर्छ भन्ने हस्तक्षेपकारी कार्ययोजना बनाउन लागिएको संचारकर्मीमाझ बताए ।

मन्त्री श्रेष्ठले यातायात व्यवस्थाका समस्या सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताउँदै कार्यालयहरुमा स्थलगत अनुगमन गर्ने तथा सेवाग्राहीलाई असहज नहुने गरी सेवा प्रदान गरिने बताए ।
’संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं । कर्मचारी थप्न पर्ने ऐनअनुसार थपिन्छ । बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्छौं ।’ मन्त्री श्रेष्ठले भने ।
वि.सं.२०७९ पुस १९ मंगलवार १२:५६ मा प्रकाशित






























