back
CTIZAN AD

गण्डकीमा सरकार गठनभन्दा पहिले संसद सुरु

वि.सं.२०७९ पुस १९ मंगलवार

726 

shares

पोखरा । गण्डकीमा सरकार पहिले बनाउने कि संसद पहिले चलाउने भन्ने बहसका बीच संसद सुरु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैठक डाकेपछि सोमबारदेखि संसद सुरु भएको हो । अहिलेसम्म सरकार गठनका लागि आह्वान भएको छैन । नयाँ प्रदेशसभा सांसद निर्वाचित भएपछिको पहिलो बैठकमा सरकार गठन भएका कारण सत्ता र प्रतिपक्षी संसदमा थिएनन् ।

केन्द्रमा एमाले र माओवादी सहितको गठबन्धन सरकार बनेपछि प्रदेशमा पनि सोही निरन्तरता हुने सम्भावना छ । ६० सदस्यिय प्रदेशसभामा २७ सिट जितेर पनि सम्भावित प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले नै पहिलो बैठकमा अध्यादेश टेबुल गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले गत असोज ७ गते प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धि २ अध्यादेश जारी गरेको थियो । सरकारले जारी गरेको अध्यादेश प्रदेशसभाको पहिलो बैठकमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

प्रदेशसभा नियमावलीको नियम ९४ (१) अनुसार संविधानको धारा २०२ बमोजिम जारी भएको अध्यादेश जारी भएपछि बसेको सभाको बैठकमा सम्बन्धित् मन्त्रीले पेस गर्नेछ, भन्ने उल्लेख गरिएको छ । सोही धाराबमोजिम गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबुल गरे । थापा प्रदेश सांसदमा निर्वाचित भएपनि सोमबारको बैठकमा सरकारको मन्त्रीको हैसियतले उपस्थित भएका थिए ।

संसदमा मन्त्रीहरूको लागि सबैभन्दा अगाडि छुट्टै कुर्ची र टेबुलको व्यवस्था सचिवालयले गरेको थियो । वन मन्त्री दीपक चर्ती मगर र युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको हैसियतमा उपस्थित भएका थिए । तर, सांसदद्वय मनाङे र थापाले प्रदेशसभा सचिवालयमा भने प्रदेश सांसदकै हैसियतमा हाजिरी गरेका छन् ।

संसदमा पेस भएको निजामति अध्यादेशअनुसार प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा बढुवा प्रदेश सरकारले नै गर्ने व्यवस्था छ । अधिकृत एघारौं तह (सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात मन्त्रिपरिषदको बैठकमार्फत हुने भएको छ ।

प्रदेशका मन्त्रालय, निर्देशनालयहरुमा एघारौं तहका कर्मचारीको खटनपटन अहिलेसम्म संघीय सरकारले गर्दै आएको थियो । अधिकृत दशौं, नवौं, आठौं र सातौं तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेश सरकारको प्रमुख सचिवले गर्ने व्यवस्था छ । अधिकृत छैटौं तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार ११:५८ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...