पाल्पा । माछापुछ्रे बैंकले पाल्पास्थित भैरवस्थान मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।
पाल्पाको एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेको भैरबस्थान मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेषगरी दशैं, तिहार तथा अन्य समयमा मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुछ्रे बैंकले शनिबार मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो ।
उक्त क्यु.आर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण के.सीमार्फत भैरबस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा रिब्दीकोट वडा नं ४ का अध्यक्ष सोम बहादुर कार्की, स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
उक्त सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यु.आर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको छ ।
डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन ओटीपी पासवर्ड लगायत अन्य बंैकिङ्क विवरण कसैसंग पनि सेयर नगर्न समेत बैंकले अपिल गरेको छ ।
वि.सं.२०७९ पुस १९ मंगलवार १३:३२ मा प्रकाशित





























