काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त भएका छन् ।
पार्टीका सभापति शेरबादुर देउवाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद लेखकलाई मु्ख्य सचेतकमा नियुक्त गरेका हुन् ।
कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिएका छन् ।
मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कन्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका लेखक सभापति देउवा निकट मानिन्छन् ।

वि.सं.२०७९ पुस १९ मंगलवार १७:१४ मा प्रकाशित






























