back
CTIZAN AD

एक महिनाभित्र देशैभरीका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

वि.सं.२०७९ पुस १९ मंगलवार

879 

shares

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकमहिना भित्रै देशैभरीका सडकका खाल्डा पुर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प नभएको भन्दै यसका लागि राजनीतिज्ञ तथा कर्मचारीले आत्मलोचनासहित शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कामकारबाही अगाडि बढाउन समेत उपप्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

चारघण्टा लामो उक्त ब्रिफिङमा उपप्रधानमन्त्री श्रेष्ठले कर्मचारीहरुले जागिरे मानसिकताबाट माथि उठेर देशको विकास निर्माणका लागि आफुलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै सम्पूर्ण आयोजना अवस्था र भावि योजना पाँचदिन भित्र पेश गर्न निर्देशन दिएको समेत स्वकीय सचिव गौतमले बताएका छन् ।

पुस १० गते उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका श्रेष्ठले सोमबार बिहान एकान्तकुना र स्वयम्भूस्थित सानो भर्याङमा रहेको यातायात व्यवस्था कार्यालयको अनुगमनमा गएका थिए । अनुगमनका क्रममा उनले यातायतामा अहिले देखिएका समस्या सामाधान र सेवाग्राहीलाई छिटो र सहज सेवा दिन के गर्नुपर्छ भन्ने हस्तक्षेपकारी कार्ययोजना बनाउन लागिएको बताएका थिए ।

वि.सं.२०७९ पुस १९ मंगलवार २०:१४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...