back
CTIZAN AD

टी -२० लिगमा म्याच फिक्सिङको भ्रम फैलाइएको भन्दै क्यानले माग्यो प्रमाण

वि.सं.२०७९ पुस २० बुधवार

807 

shares

काठमाडौं । नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ/स्पोट फिक्सिङका बारेमा भ्रम फैलाईएको भन्दै नेपाल क्रिेकेट एशोसियसनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनदेखि टी- २० लिगमा म्याच फिक्सिङका विषयमा विभिन्न संचारमाध्यममा समाचार आइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । क्यानले यस्ता गतिबिधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै यप्रकारको म्याच फिक्सिङको बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको टी २० लिग को एन्टी करप्सन (ए.सी.यु) मा उजुरी दिन समेत अनुरोध गरेको छ ।

क्यानले संघ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरु नफैलाउन समेत अनुरोध गरेको छ ।

मंगलबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि यस विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई निर्देशन समेत दिइसकेका छन् ।

९ पुस देखि जारी टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृति तथा अनुमति विना खेलाईको भन्दै समाचार सार्वजनिक भएपछि उपप्रधानमन्त्री लामिछानेले अनुसन्धानका लागि निदेशन दिएका हुन् ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेख्दै यसबारेमा ७ दिनभित्रमा कागजात सहित प्रतिक्रिया उपलब्ध गराउन अनुरोध गरेको छ ।

 

वि.सं.२०७९ पुस २० बुधवार १४:०९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...