back
CTIZAN AD

एनआरएनएले पोखरामा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय बनाउने

वि.सं.२०७९ पुस २१ बिहीवार

819 

shares

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ ।

सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच बुधवार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाका अनुसार अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणका लागि सो सम्झौता गरिएको हो ।

संघको आर्थिक सहयोगमा सम्पन्न हुने सो परियोजनाको सम्झौतामा संघकी कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुख वीच हस्ताक्षर भएको हो ।

पत्रमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उपयुक्त ठाउँमा गैरआवासीय नेपाली संघको लोगो सहितको झण्डा राखिने, अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उक्त शौचालय र चमेनागृह महानगरपालिकाले संचालन गर्ने छ ।

यस सम्झौता हस्ताक्षर समारोहमा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ, पोखरा महानगरपालिकाका पदाधिकारीहरु गैरआवासीय नेपाली संघ युएसएका आजिवन सदस्य तथा अभियान्ता नारायण थापा लगायतको विशेष उपस्थिती थियो । यस कार्यको लागि संघका प्रमुख कार्यकारी अधिकृत र पोखरा नगरपालिकका कार्यालय प्रमुखले समन्वय गर्नु हुने छ ।

वि.सं.२०७९ पुस २१ बिहीवार १७:२५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...